श्रमिकले पर्यटन मन्त्रीलाई बुझाएको १७-बुँदे मागमा के छ?
<p style="text-align: justify;">काठमाडौं। व्यवसायीहरूले कोभिड-१९ पछि धर्मराएको पर्यटन क्षेत्र उकास्न भन्दै पर्यटनमन्त्री भानुभक्त ढकाललाई १७-बुँदे माग बुझाएका छन्।</p>
<p style="text-align: justify;">व्यवसायीहरूले यस क्षेत्रको उत्थान गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, श्रमिकको ज्याला बढाउनुपर्नेलगायत माग राखेका छन्।</p>
<p style="text-align: justify;">ट्रेकिङ, ट्राभल्स, र्‍याफ्टिङ्ग, एयरलाइन्स, सांस्कृतिक/पुरातात्त्विक, कार्गो र कुरियर श्रमिक युनियनको प्रतिनिधिमण्डलले सो माग राखेको हो।</p>