ट्विटरका सीईओ डोर्सीको पहिलो ट्विटको मूल्य २९ लाख डलर <p>काठमाडौं। ट्विटरका सीईओ (प्रमुख कार्यकारी) ज्याक डोर्सीले आफ्नो पहिलो ट्विटको डिजिटल संस्करण २९ लाख अमेरिकी डलरमा बेचेका छन्। दुई साताअघि उनले आफ्नो पोस्टको डिजिटल लिलामी गर्ने घोषणा गरेका थिए।</p> <p>२००६ मार्चमा उनले गरेको ट्विटमा लेखेका थिए&ndash; &lsquo;जस्ट सेटिङ अप माई ट्विटर&rsquo;। &lsquo;भ्याल्युएबल्स बाय सेन्ट&rsquo; नामक डिजिटल मन्चमा यसको लिलामी गरिएको थियो र खरिदकर्ता ब्रिज ओरेकलका सीईओ सिना एस्तावी हुन्।</p> <p>एजेन्सी</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्