अब बिटक्वाइनमार्फत् टेस्ला किन्न सकिन्छ : इलन मस्क
<p>काठमाडौँ। टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इलन मस्कले बिटक्‍वाइनबाट अब टेस्ला नै किन्न सकिने जनाएका छन्। उनले ट्वीट गरेका छन्, “टेस्लाले हाल आन्तरिक र ओपन सोर्स सफ्टवेयर प्रयोग गरिरहेको छ र बिटक्‍वाइन नोड प्रत्यक्ष रूपमा सञ्चालन गर्छ।” </p>
<p>टेस्लाले गत फेब्रुवरीमा बिटक्‍वाइनमा १.५ बिलियन अमेरिकी डलर लगानी गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्