कम्पनी दर्ता १६.८५ प्रतिशतले वृद्धि
<p>काठमाडौं। कोरोना महामारीबीच पनि देशमा नयाँ कम्पनी दर्ता प्रक्रियाले गति लिएको छ। </p>
<p>अघिल्लो वर्षको तुलनामा यसवर्ष कम्पनी दर्तामा १६.८५ प्रतिशतले वृद्धि भएको छ। </p>
<p>कम्पनी रजिष्टारको कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ महिनासम्म देशभर दर्ता भएका कम्पनीको संख्या १७ हजार ६४१ पुगेको छ। </p>
<p>आर्थिक वर्ष २०७६÷७७ को माघ महिनासम्म दर्ता भएका कम्पनीको संख्या १५ हजार ९७ रहेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्