आठ महिनामा २५ अर्ब ३२ करोडको वैदेशिक लगानी प्रस्ताव
<p>काठमाडौं। आर्थिक वर्ष २०७७/७८ को साउन देखि माघसम्म विदेशी लगानीमा दर्ता भएका उद्योगको संख्यामा २२ प्रतिशतले कमी आई १३१ कायम रहेको छ।</p>
<p>यस्ता उद्योगमा प्रस्तावित लगानीमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.१ प्रतिशतले कमी आई २५ अर्ब ३२ करोड कायम भएको अर्थ मन्त्रालयले जनाएको छ। </p>
<p>गत आर्थिक वर्षको सोही अवधिमा विदेशी लगानीका १६८ उद्योग दर्ता भई कूल प्रस्तावित विदेशी लगानी २८ अर्ब ८२ करोड रहेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्