राजस्व चुहावट नियन्त्रण गर्न सबै सामार्थ्य प्रयोग गरिने
<p>काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने बताएका छन्। </p>
<p>केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको आज बसेको बैठकमा उनले उक्त कुरा बताएका हुन्।</p>
<p>चालु आर्थिक वर्ष २०७७/७८ को माघसम्म सरकारले ४ खर्ब ९८ अर्ब ५२ करोड रूपैयाँ राजस्व उठाएको छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारले ४ खर्ब ९२ अर्ब ३८ करोड रूपैयाँ राजस्व उठाएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्