काठमाडौं। नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथ अन्तर्गतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एण्ड अर्थमुभर्स (UHEEM)को आधिकारिक लोकार्पण गरिएको छ।
धुम्बाराहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मेसिनरीहरू भित्र्याई निर्माण कार्य सहज र सुलभ बनाउँदै आएको छ। यूहिमले सनवार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरू एस्काभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ।
कम्पनीले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रियस्तरको इन्जिन र स्पेयर पार्टस्हरूको प्रयोग हुने बताइएको छ। जुन पार्टस्हरू ह्युण्डाई, कोमात्सु जस्ता कम्पनीहरूमा समेत हुने यूहिमले जनाएको छ।
क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरूको एकमात्र प्रतिस्पर्धी कम्पनी रहेको यूहिमले निर्माण उपकरणको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता नगरेको कम्पनीको दाबी छ।
ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरूका साथै हाईड्रोपावरका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरू धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ आदि जिल्लामा संचालित छन्।
धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस, पार्टस्हरू सहजताका साथ उपलब्ध गराउनुका साथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि शाखा विस्तार गरिसकेको छ।