अब टेस्लाको कार बिटक्वाइनबाट किन्न सकिने
<p>काठमाडौं। टेस्ला विद्युतीय कार अब क्रिप्टोकरेन्सी(बिटक्वाइन) तिरेर किन्न सकिने भएको भएको छ। </p>
<p>टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले बिटक्वाइन भुक्तानी लिनका लागि टेस्लाले आफ्नै आन्तरिक सफ्टवेयर प्रयोग गर्ने ट्विटमार्फत् बताएका छन्।</p>
<p>बिटक्वाइनको मूल्य सर्वाधिक बढ्नुको कारण टेस्लाले हालै गरेको एक करोड ५० लाख डलर लगानीलाई मानिएको छ। </p>
<p>बजारमा बिटक्वाइनको मूल्य दिनदिनै घटबढ भइरहने हुनाले टेस्ला कारको मूल्य पनि फरक हुन सक्नेछ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्