नौ सय खाद्य वस्तुको नमूना परीक्षण
<p>काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महिनाको अवधिमा ८८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ।</p>
<p>विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो।</p>
<p>विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट ती संख्याको वस्तुको नमुना परीक्षण गरेको विभागको भनाई छ। </p>
<p>परिक्षणबाट ५७ वस्तु मापदण्ड विपरीतका भेटिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्