ज्योति लाइफको आइपीओ बाँडफाड, कतिले पाए?
<p>काठमाडौं। ज्योति लाइफ इन्स्यारेन्स कम्पनीको साधारण सेयर बाँडफाँड भएको छ। कम्पनीले फागुन २१ गतेदेखि निष्कासनमा ल्याएको सेयर आज बाँडफाँड गरेको हो।</p>
<p>कम्पनीको सेयरमा आवेदन गरेका १८ लाख ४२ हजार ४८० जनामध्ये ५ लाख ९४ हजारले १० कित्ता सेयर पाएका छन्। यीबाहेक १२ लाख ३ हजार ८३५ जनाको आवेदन रद्ध भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्