सेप्टेम्बरबाट ‘इ-पासपोर्ट’ जारी हुने
<p>काठमाडौँ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले पाँच महिनापछिबाट मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) विस्थापित गरी विद्युतीय पासपोर्ट (इ-पासपोर्ट) जारी गर्ने भएको छ। </p>
<p>“यसै वर्ष (२०२१)को सेप्टेम्बरबाट हामी इ-पासपोर्ट जारी गर्न सुरु गर्छौं,” राहदानी विभागका प्रवक्ता राजेन्द्र पाण्डेले भने। </p>
<p>विभागले सन् २०१० डिसेम्बर २६ बाट हस्तलिखित पासपोर्ट विस्थापित गरी एमआरपी जारी गरेको थियो। पासपोर्टलाई थप सुरक्षित बनाउनका लागि विभागले एमआरपी विस्थापित गरी इ-पासपोर्टमा जान लागेको हो। </p>
प्रतिक्रिया दिनुहोस्