महासंघ र जेटियुसीसी प्रतिनिधिबीच भेटघाट
<p>काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)बीच भेटवार्ता भएको छ।</p>
<p>महासंघका अध्यक्ष शेखर गोल्छा र जेटियूसीसीका अध्यक्ष जगत सिम्खडाको नेतृत्वमा दुई निकायका प्रतिनिधिमण्डबीच भेट भएको हो।</p>
<p>भेटवार्तामा कोभिडका कारण उद्योग÷व्यवसाय लगायत श्रम बजारमा पर्न गएको समस्याका विषयमा छलफल भएको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्