कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित <p>म्याग्दी। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका&ndash;४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ ।&nbsp;</p> <p>माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्द्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ देखि परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको थियो ।&nbsp;</p> <p>गत हप्ता आयोजनामा काम गर्न भारतबाट आएका पाँचमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको नजिकको सम्पर्कमा रहेका ७६ को स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्