सेयर बजार १२ अंकले बढ्यो
<p>काठमाडौं। साताको अन्तिम दिन आज सेयर बजार १२.८८ अंकले बढेको छ।</p>
<p>दोहोरो अंकको वृद्धिपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ सय ३१ अंकमा पुगेको छ। यस क्रममा आज ७ अर्ब २५ करोडको कारोबार भइ एक करोड ४३ लाख कित्ता सेयर किनबेच भएको छ।</p>
<p>आज होटल एण्ड टुरिजम, जीवन बीमा, म्यूचुअल फण्ड र लगानी समूह घटेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्