सामसङ ग्यालेक्सी एफओटुएस र ग्यालेक्सी एफट्वेल्भ अप्रिल ५ मा आउँदै
<p>काठमाडौं। भारतीय बजारमा सामसङका दुई नयाँ स्मार्ट फोन मोडल अप्रिल ५ तारिखका दिन लन्च गरिने भएको छ। कम्पनीले सामसङ ग्यालेक्सी एफओटुएस र ग्यालेक्सी एफट्वेल्भ बजारमा ल्याउन लागेको हो।</p>
<p>ग्यालेक्सी एफ सिरिज कम्पनीको नयाँ स्मार्टफोन सिरिज हो। यी दुवै फोनमा क्यामरा, ब्याट्री, स्क्रिन डिस्प्लेलगायतमा नयाँ प्रविधिसहित बजारमा ल्याउन लागेको कम्पनीको भनाइ छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्