दक्षिण अफ्रिकामा भारतीयको कम्पनीबाट १३ लाख जफत
<p>काठमाडौं। दक्षिण अफ्रिकाको रिजर्व बैंकले भारतीयको कम्पनीलाई १३ लाख डलर जरिवाना गराएको छ। रकम घोटाला गरेको आरोपमा बैंकले उक्त रकम जफत गरेको हो।</p>
<p>सहारा कम्प्युटर्स नामको कम्पनीले दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जैकव जुमासँग घनिष्ठ सम्बन्ध बनाएर अर्बौ रूपैयाँ घोटाला गरेको आरोप लगाइएको छ।</p>
<p>पूर्वराष्ट्रपति जुमा पनि यतिबेला अपराधिक मुद्दाको सामना गरिरहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्