नोकियाको नयाँ अडियो प्रडक्ट आउँदै
<p>काठमाडौं। ई–कमर्स वेबसाइट फ्लिपकार्टले आफ्नो साइट र मोबाइल एप्लिकेसनमा नोकियाको नयाँ अडियो प्रडक्ट लन्चको प्रवद्र्धन सुरु गरेको छ। नोकियाले नयाँ अडियो प्रडक्ट्स अप्रिल ५ मा भारतमा लन्च गर्न लागेको हो।<br />
नयाँ प्रडक्टमा आईपीएक्ससेभेन रेटिङ हुनेछ। नोकियाको नयाँ इयरफोन ३० मिनेटसम्मका लागि एक मिटर गहिरो पानीमा ‘वाटर रेजिस्टेन्ट’ हुनेछ। यसका साथै, अन्य थुप्रै नयाँ फिचर पनि हुने नोकियाको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्