‘एनआरएन डेभलपमेन्ट फन्ड’ को सेयर निस्कासन गरिने
<p>काठमाडौं। गैरआवासीय नेपाली संघको १० अर्बको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ। </p>
<p>पाँच प्रतिशत लगानीसहित सरकारसमेत प्रवद्र्धक रहेको यस कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।</p>
<p>कम्तीमा १० अर्ब रुपैयाँको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको संघले बताएको छ।</p>
<p>८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन गरिनेछ।</p>
प्रतिक्रिया दिनुहोस्