कृषकलाई सघाउन ‘हाट बजार’ एप
<p>काठमाडौं। गाउँका कृषक र सहरका व्यापारी तथा उपभोक्ताबीच सिधै सम्बन्ध स्थापित गर्न ‘हाट बजार’ एप सञ्चालनमा ल्याइएको छ। </p>
<p>एप ल्याउनुको मुख्य उदेश्य क्रेता र बिक्रेतालाई जोड्नु रहेको हाट बजार एपका प्रवक्ता सुजल श्रेष्ठले बताएका छन्। </p>
<p>“हाट बजार एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोकी त्यसको विवरणहरू (फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभरी) खुलाई एपमा प्रचार गर्न सक्छन्,” श्रेष्ठले बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्