तेजाब र घातक रासायनिक पदार्थको विवरण माग
<p>काठमाडौं। गृह मन्त्रालयले उद्योगीहरूलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने तेजाब तथा घातक रासायनिक पदार्थको विवरण पठाउन आग्रह गरेको छ। सात दिनभित्रमा वर्षभभरि आवश्यक पर्ने परिमाणको विवरण पठाउन मन्त्रालयले आग्रह गरेको हो।<br />
तेजाब प्रहारबाट अपराधका घटना बढ्न थालेपछि मन्त्रालयले तेजाब र अन्य घातक रासायनिक पदार्थको बिक्री–वितरण व्यवस्थित गर्न यो कदम चालेको हो।</p>
प्रतिक्रिया दिनुहोस्