सेयर बजार २५ अंकले बढ्यो, ८ अर्बको कारोबार
<p>काठमाडौं। आज आइतबार सेयरबजार २५ अंकले बढेको छ। दोहोरो अंकले बढेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६ सय ५७ अंकमा पुगेर रोकिएको छ।<br />
आज आठ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ। यस्तै, एक करोड ७३ लाख कित्ता सेयर किनबेच भएको छ। बजार बढे पनि आज व्यापार, होटल र टुरिजम, उत्पादनमूलक, म्युचुलल फन्ड र लगानी समूह घटेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्