ग्लोबल आईएमईको डिबेन्चर ओभर सब्स्क्राइब
<p>काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले जारी गरेको डिबेन्चर ओभर सब्स्क्राइब भएको छ। बैंकले गत चैत १ गते ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६÷८७ निष्काशन गरी बिक्री खुला गरेको थियो।<br />
बैंकले तीन अर्ब रुपैयाँ बराबरको एक हजारप्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। ऋणपत्र निष्काशन तथा बिक्री चैत १६ गतेसम्मका लागि तोकिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्