५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी <p>काठमाडौं। विश्वका ५३ करोड ३० लाख जना फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी भएको छ। ह्याकरहरुले उक्त विवरण फेसबुकबाट ह्याक गरी आफ्नो वेबसाइटमा सार्वजनिक गरेका हुन्।&nbsp;</p> <p>चोरी गरी सार्वजनिक गरिएका व्यक्तिगत विवरणमा फोन नम्बर, पूरा नाम, ठेगाना, इमेल र अन्य व्यक्तिगत विवरण रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। ह्याकरहरुले आइतबार ती विवरण सार्वजनिक गरेका हुन्।&nbsp;</p> <p>फेसबुकले भने ह्याकरले पुरानो विवरणहरु सार्वजनक गरेको जनाएको छ जुन सन् २०१९ मा ह्याक गरिएको थियो। उक्त समस्या समाधान गरिसकिएको फेसबुकले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्