चन्द्रागिरिको सेयरमा सकारात्मक सर्किट
<p>काठमाडौं। चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयरमा १० प्रतिशतको वृद्धि आएसँगै कारोबार रोकिएको हो।<br />
जसअनुसार आज प्रतिकित्ता २१३ रुपैयाँ बढेर कम्पनीको सेयर मूल्य २३ सय ४४ रुपैयाँ पुगेको छ। विहान कारोबार सुरु हुँदा कम्पनीको सेयर मूल्य २१ सय ३१ रुपैयाँ थियो।<br />
योसहित नेपाल स्टक एक्सचेन्जमा आज अन्य तीन कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ।</p>
प्रतिक्रिया दिनुहोस्