रुरुको आइपीओ भर्ने अन्तिम दिन आज
<p>काठमाडौं। रुरु जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ) भर्ने आज अन्तिम रहेको छ। यही चैत २० गतेदेखि साधारण सेयर बिक्री खुला गरेको थियो।</p>
<p>कम्पनीले एक सय अंकित आइपीओमा २० रुपैयाँ प्रिमियम मूल्य थपेर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। </p>
<p>सर्वसाधारणले रुरुको तीन लाख ७९ हजार १६७ कित्ता सेयरमा आवेदन गर्न पाउँछन्। यसको सेयर जम्मा ३७ हजार ९१६ जनाले पाउनेछन्।</p>
प्रतिक्रिया दिनुहोस्