नक्कली कस्मेटिक्स सामान बनाउने एक पक्राउ
<p>काठमाडौं। नेपाल तथा भारतमा उत्पादन हुने मेहँदी, फेस क्रिमलगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंमा यसरी कानूनविपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुनेजस्ता असर देखिएको सूचना पाएपछि प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मंगलबार सामानसहित ढुंगेअड्डा बस्ने चेतन गोयललाई पक्राउ गरेको हो।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्