आठ महिनामा साढे ७ करोड रुपैयाँका खसी
<p>काठमाडौं। चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो आठ महिनामा सात करोड ४४ लाख ८२ रुपैयाँका खसी नेपाल भित्रिएका छन्। गत साउनदेखि फागुनसम्मको अवधिमा उक्त संख्यामा खसी नेपाल आयात गरिएको हो। <br />
भन्सार विभागका अनुसार उक्त अवधिमा १० हजार १५० वटा खसी नेपाल भित्रिएका छन्। यसरी नेपाल आयात गरिएका खसीमध्ये अधिकांश भारतबाट ल्याइएको हो।</p>
प्रतिक्रिया दिनुहोस्