विकास सहायता २६.९ प्रतिशतले बृद्धि
<p>काठमाडौं। कोरोना महामारीबीच गत आर्थिक वर्ष नेपालमा बैदेशिक विकास सहायता बृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ। </p>
<p>मन्त्रालयको ‘डेभलपमेन्ट कोअपरेसन रिपोर्ट, २०१९/२०२०’ अनुसार २०१९/२०२० मा कूल २ अर्ब २८ लाख अमेरिकी डलर बराबरको विकास सहायता प्राप्त भएको थियो।</p>
<p>उक्त सहायता २०१८/२०१९ को तुलनामा २६.९ प्रतिशतले बढि हो। २०१८/२०१९ मा १ अर्ब ५७ करोड ८५ लाख डलर बराबरको विकास सहायता नेपालले पाएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्