भारतमा बिटक्वाइन नियन्त्रण कानुन ल्याइँदै
<p>काठमाडौं। भारत सरकारले संसद्मा क्रिप्टोकरेन्सी एन्ड रेगुलेसन अफ अफिसियल डिजिटल करेन्सी विधेयक पेश गर्ने फैसला गरेको छ। यो विधेयकले भारतमा क्रिप्टोकरेन्सी प्रयोगलाई कानुनी रुपमा नियन्त्रण गर्नेछ।</p>
<p>यतिखेर बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीमाथि संसारको नजर परिरहेको छ। भारतीय संसद्को आगामी सत्रमा यदि यो विधेयक पेश गरियो भने यसलाई लगानीकर्ताले नजिकबाट ध्यान दिनेछन्। भारतमा पछिल्लो समय ठूलो मात्रामा बिटक्वाइनमा लगानी भइरहेको छ। सरकारसँग यसबारे कुनै आँकडा छैन।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्