आठ महिनामा ८० अर्बको निर्यात
<p>काठमाडौं। आर्थिक वर्ष २०७७ को ८ महिनामा नेपालको निर्यात ७.८ प्रतिशतले बढेको छ।</p>
<p>यस अवधिमा नेपालबाट विदेशतर्फ ८० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।</p>
<p>अघिल्लो वर्षको यही अवधिमा नेपालको निर्यात २२.३ प्रतिशतले बढेको थियो।</p>
<p>राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखाएको हो।</p>
प्रतिक्रिया दिनुहोस्