महामारीमा पनि रेमिट्यान्स बढेको बढ्यै <p>काठमाडौं। कोरोना महामारीको समयमा पनि विदेशबाट भित्रिने रेमिट्यान्स उकालोग्राफमा देखिएको छ।<br /> चालू आर्थिक वर्षको ८ महिनामा विप्रेषण रेमिट्यान्स ८.६ प्रतिशतले वृद्धि भएको हो।</p> <p>नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।</p> <p>यस्तै, यस अवधिमा अमेरिकी डलरमा समेत रमेट्यिान्स बढेको छ। जसअनुसार ५ अर्ब ४५ करोड डलर रेमिट्यान्स भित्रिएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्