बहुपक्षीय सहायताको हिस्सा बढ्दै
<p>काठमाडौं। पछिल्ला वर्षहरुमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा बहुपक्षीय सहयाताको हिस्सा बढ्दै गएको छ। </p>
<p>चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिना (साउन देखि फागुनसम्म) को अवधिमा प्राप्त भएको १ खर्ब ८७ अर्ब ४४ करोड वैदेशिक सहायता प्रतिबद्धतामा बहुपक्षीय सहायताको हिस्सा ९६.७ प्रतिशत छ। </p>
<p>सो अवधिमा द्विपक्षीय सहायताको हिस्सा मात्र ३.३ प्रतिशत रहेको छ। </p>
<p>अघिल्लो आर्थिक वर्ष सोही अवधिमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा द्विपक्षीय र बहुपक्षिय सहायताको हिस्सा क्रमसः १५.४ प्रतिशत र ८४.६ प्रतिशत रहेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्