११ देश अमेरिकाको ‘मुद्रा निगरानी’ सूचीमा काठमाडौं। अमेरिकाले चीन, भारत, जापान, दक्षिण कोरिया, जर्मनी र इटलीसमेत ११ देशमा तिनको मुद्राव्यवहारलाई लिएर निगरानी सूचीमा राखेको छ। बाइडेन प्रशासनले ट्रेजरी विभागको त्रैमासिक रिपोर्टमा यी देशको मुद्रालाई त्यस्तो सूचीमा राखिएको हो। आयरल्यान्ड, मलेसिया, सिंगापुर, थाल्यान्ड र मेक्सिको पनि यसमा छन्। अमेरिकी कंग्रेसको निर्देशनमा व्यापारिक साझेदार देशहरुको सूची बनाउँदै मुद्रा व्यवहार र बृहत् आर्थिक नीतिलाई ट्रेजरी विभागले नजिकबाट हेर्ने गर्छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्