आठ महिनामा दुई अर्बभन्दा बढीको काजु, बदाम र ओखर नेपाल भित्रियो काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिनामा विदेशबाट दुई अर्ब रुपैयाँ भन्दा बढीको काजु, बदाम र ओखर नेपाल भित्रिएको छ। भन्सार विभागको अनुसार २०७७ साउन देखि फागुनसम्मको अवधिमा कूल २ अर्ब १८ करोड ६१ लाख ३७ हजार रुपैयाँको काजु, बदाम र ओखर भित्रिएको हो। उक्त मुल्यमा ४२ लाख ५८ हजार ३१४ केजी काजु, बदाम र ओखर नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्