श्रेष्ठको नेतृत्वमा महासंघको अनुशासन समिति गठन
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ। महासंघले विधानको दफा ३८(क) अनुसार समिति गठन गरेको हो।
समितिको उपसभापतिमा पूर्वअध्यक्ष कुशकुमार जोशी छन्। सदस्यमा पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि पण्डित छन्।
यस्तै, सल्लाहकारमा पूर्वअध्यक्ष महेशलाल प्रधान चयन भएका छन्।
प्रतिक्रिया दिनुहोस्