होन्डाका ७७ हजार कारमा गडबडी, कम्पनीले फिर्ता माग्यो काठमाडौं। होन्डाको कारमा गडबडी फेला परेपछि कम्पनीले ७७ हजार गाडी फिर्ता लिने भएको छ। होन्डा कार्स इन्डिया लिमिटेडले भारतभरिबाट उक्त संख्यामा कार फिर्ता ल्याएर निःशुल्क मर्मत गर्न लागेको हो। कारको फ्युलपम्पमा समस्या हुनाले बेलाबेलामा स्टार्ट बन्द हुने समस्या आएको हो। अप्रिल १७ देखि मर्मत सुरु गरिएको र यसका लागि हरेक ग्राहकलाई कम्पनीले सम्पर्क गरेको बताएको छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्