प्रतिबन्धित पाँच सय दरका भारतीय नोटसहित पक्राउ
मोरङ। विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ६ थान भारतीय नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय नौसाद मिया छन् उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्