आगलागी, हावाहुरी र चट्याङबाट एकैदिन दुई करोडभन्दा बढीको क्षति काठमाडौं। बितेको २४ घण्टामा देशभर आगलागी, हावाहुरी र चट्याङबाट २ करोड २० लाख ८३ हजार ३०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो भएका ती घटनामा २ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। चट्याङ र आगलागीमा परेर हिजो मात्रै ५२ चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्