चेम्वर र महासंघले कार्यगत र संस्थागत सहकार्य गर्ने काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले कार्यगत र संस्थागत एकता गर्ने भएका छन्। चेम्बरका नवचिर्वाचित पदाधिकारीलाई आफ्नै कार्यालयमा स्वागत गर्दै महासंघले कार्यगत एकताको प्रस्ताव राखेको हो। महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र एक ढिक्का भएर अगाडि बढ्न सकेमात्र उद्योग/व्यवसाय फस्टाउने हुँदा मिलेर जानुपर्ने बताए। उनले निजी क्षेत्रका छाता संगठन प्रतिस्पर्धी नभई एकअर्का परिपूरक भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्