एनआरएनएद्वारा १७ हजारभन्दा बढी नेपाली कामदारलाई सहायता
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस महामारीबाट विभिन्न देशमा अप्ठेरोमा परेका १७,३८३ जना नेपाली कामदारलाई सहयोग गरेका छन्। एनआरएनएको प्रतिवेदनअनुसार कतारमा ३,८२९, मलेसियामा २,९४१, साउदी अरेबियामा ३,७५२, युएईमा २,८६१, कुवेतमा ३,६३६, कम्बोडियामा २,२२२ जना कामदारलाई विभिन्न सहयोग प्रदान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्