आठ महिनामा साढे २५ करोडभन्दा बढीको सुकमेल नेपाल भित्रियो
काठमाडौं। नेपालले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा विभिन्न देशबाट २५ करोड ६९ लाख २२ हजार रूपैयाँको सुकुमेल आयात गरेको छ। २०७७ साउन देखि फागुनसम्मको अवधिमा उक्त रकमबराबरको सुकुमेल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार उक्त रकममा १ लाख ८२ हजार ७९४ केजी सुकुमेल नेपाल भित्रिएको छ। नेपालमा सुकुमेललाई मसलाको रूपमा बढी प्रयोग गरिन्छ।
प्रतिक्रिया दिनुहोस्