विभागले थाल्यो परीक्षणकालीन लाइसेन्सको तयारी काठमाडौं। यातायात व्यवस्था विभागले सवारी तथा यातायात ऐन २०४९ को व्यवस्था अनुरुप २९ वर्षपछि परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको छ। विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको हो। जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागले जनाएको छ। हाल लाइसेन्सको परीक्षामा उत्तीर्ण भएकालाई मात्र लाइसेन्स दिने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्