एनआरएनको ‘नेपाल डेभलमेन्ट फण्ड’ स्थापना काठमाडौं। नेपालमा पूर्वाधार, उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी एनआरएन ‘नेपाल डेभलपमेन्ट फण्ड’ स्थापना भएको छ। कुल १० अर्ब रुपैयाँको पूँजी भएको फण्ड स्थापना भएको हो। फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुनेछ। २०७५ सालमा आयोजित लगानी सम्मेलनमा सरकार र गैरआवासीय नेपाली संघबीच भएको सम्झौताअनुसार फण्ड स्थापना भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्