‘भ्याक्सिन’मा अडेको भारतीय सेयरबजार
काठमाडौं। आज मंगलबार भारतीय सेयरबजारको सुरुआत बढोत्तरीबाट खुल्यो। बजार खुल्नासाथ बीएसईको सेन्सेक्स ३२१.५८ अंकको तीव्रताका साथ ४८,२७१को स्तरमा कारोबार भयो। एनएसईको निफ्टी ९६.५५अंकको बढोत्तरीका साथ १४,४५६को लेभलमा कारोबार गरिरहेको छ।
सोमबार बजारमा ठूलो गिरावट आएको थियो। यसको मुख्य कारण भारतमा बढ्दो कोरोना संक्रमण मानिएको छ। सरकारले मे १देखि सुलभ ढंगमा भ्याक्सिन उपलब्ध गराउने विश्वास दिलाएपछि सेयरबजारमा उछाल आएको विश्लेषकहरु बताउँछन्।
प्रतिक्रिया दिनुहोस्