लाप्राकमा साढे ५७ करोडमा ५७३ घर निर्माण, बिहीबार हस्तान्तरण गरिने
काठमाडौं। गैरआवासीय नेपाली संघको सक्रियतामा गोरखाको लाप्राकमा निर्माण गरिएका ५ सय ७३ घर बिहीबार लाभग्राहीलाई हस्तान्तरण गरिने भएको छ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट प्रभावित बासिन्दालाई संघले आवासको व्यवस्था गरेको हो। लाप्राक नमूना बस्तीको निर्माण कार्य सम्पन्न भएको जानकारी गराउन पाउँदा खुसी लागेको संघले जनाएको छ।
संघका अनुसार ती घर निर्माण गर्न ५७ करोड ६६ लाखभन्दा बढी रकम लागेको छ।
प्रतिक्रिया दिनुहोस्