समयमा सकिएन चोभार बन्दरगाहको निर्माण
काठमाडौं। उपत्यकाको चोभारमा बन्दै गरेको सुक्खा बन्दरगाहको निर्माण सकिन अझै दुई महिना लाग्ने भएको छ। स्थानीयको अवरोध र कोरोना महामारीले समस्या पर्दा समयमै नसकिएको हो।
उद्योग मन्त्रालयले अहिले आयोजनाको ७६ प्रतिशत काम सकिएको बताएको छ। बाँकी काम सक्न ठेकेदार कम्पनीले थप दुई महिना समय मागेको छ। डेढ वर्ष अगाडी प्रधामन्त्री केपी शर्मा ओलीले बन्दरगाहको शिलन्यास गरेका थिए।
प्रतिक्रिया दिनुहोस्