अब कतारी रियाल नचल्ने, वैशाख २७ भित्र साटिसक्नुपर्ने
काठमाडौं। कतारले अहिले चलनचल्तीमा रहेको कतारी रियाललाई प्रतिबन्ध लगाउने भएको छ। कतारको केन्द्रीय कतार रियाल बैंकले हाल चलनचल्तीमा रहेको चौथो संस्करणको नोट नचलाउने निर्णय गरेको छ, जसअनुसार सन् २०२१ जुलाई १ बाट ती नोटहरू प्रतिबन्धित हुनेछन्। सोही कारण, नेपाल राष्ट्र बैंकले कतारको रियाल यही वैशाख २७ गते भित्र साट्न सर्वसाधारणलाई अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस्