भारतीय अर्बपति अम्बानी र अडानीको सम्पत्ति घट्यो एजेन्सी। भारतीय सेयरबजारमा आएको गिरावटसँगै त्यहाँका दुई अर्बपति मुकेश अम्बानी र गौतम अडानीको सम्पत्ति घटेको छ। रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानी र अडानी गु्रपका अध्यक्ष अडानी संसारको धनाढ्यको सूचीमा एकस्थान तल झरेका हुन्। सम्पत्ति घटेसँगै दुवैजना धनाढ्यको सूचीमा पनि तल ओर्लिएको ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सले जनाएको छ। अम्बानीको अब ७१.६ अर्ब डलरसहित १३औं र अडानी ५५.३ अर्ब डलरका साथ २३औं नम्बरमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्