कतारको मुद्रा १७ असारदेखि नचल्ने, छिटो साट्न आग्रह
काठमाडौं। कतारले १ जुलाई(१७ असार)देखि हाल चलनचल्तीमा रहेको चौथो संस्करणको मुद्रा नचल्ने घोषणा गरेपछि नेपाल राष्ट्र बैंकले तत्काल सटही गर्न नेपालीहरुलाई आग्रह गरेको छ। राष्ट्र बैंकले कतारका चौथो संस्करणका नोटहरु २७ गतेसम्म सटही गरिदिने जनाएको छ। राष्ट्र बैंकको बैंकिङ विभाग, प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजतप्राप्त बैंक, वित्तीय संस्था वा मनिचेन्जरहरुबाट कतारी रियाल साट्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस्