सीईडीबी हाइड्रोपावरको आईपीओ १७ गतेदेखि काठमाडौं। सीईडीबी हाइड्रोपावर डभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्काशन गर्ने भएको हो। यसमध्ये ५० हजार ३६५ कित्ता कर्मचारीलाई र १ लाख २५ हजार ९११ कित्ता म्यूचुअल फण्डलाई छुट्टयाइएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्